कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली पक्षले तोक्यो प्रदीप ज्ञवालीलाई नेकपा प्रवक्ता

काठमाडौँ — नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् । मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

ओली पक्षले तोक्यो प्रदीप ज्ञवालीलाई नेकपा प्रवक्ता

पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

त्यस्तै ओलीले अध्यक्ष ओलीले बैठकमा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

अध्यक्ष ओलीले ५५६ जनालाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि थापाले जानकारी दिएका छन् ।

त्यस्तै केही बेरमा बबरमहलमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ ।

सम्बन्धित समाचार

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी

ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

प्रकाशित : पुस ७, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?