दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी - समाचार - कान्तिपुर समाचार

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी छ । बैठक केहीबेर अघिदेखि बसिरहेको एक नेताले बताए । 

स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

नेकपाका अर्का अध्यक्ष ओली समूहनिकट केन्द्रीय कमिटी बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

सम्बन्धित समाचार

ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

प्रकाशित : पुस ७, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालसहितका नेतासँग गौतमले भने- ‘आज म कुनै बैठकमा जान्‍नँ, २-४ दिन सोच्‍न दिनुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका उपाध्यक्ष वामदेव गौमतले तत्काल कुनै समूहमा नजाने बताएका छन् । मंगलबार बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गौतमलाई भेट्न उनको निवास गएका थिए ।

गौतमलाई दिउँसोको स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गर्दै नेताहरु त्यहाँ पुगेका थिए ।

तर, गौतमले आजका कुनै बैठकमा सहभागी नहुने बताएका छन् । उनले दुई चार दिन सोच्न समय चाहिएको त्यहाँ पुगेका एक नेताले बताए । ‘म आज कुनै बैठकमा जान्‍नँ । दुई चार दिन पख्नुस् । पछि निर्णय गर्छु भन्नुभयो,’ गौतमको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

अध्यक्ष दाहाल र नेपालले १२ बजे स्थायी र १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैकठ बालुवाटारमा जारी छ ।

यस्तै, सचिवालय सदस्य रामबहादुर थापाले पनि अध्यक्ष दाहाललाई आजको कुनै बैठकमा सहभागी नहुने बताएका छन् । मंगलबार विहान थापालाई भेट्न पुल्चोक निवास पुगेका दाहाललाई केही दिनमा आफूले निर्णय गर्ने जवाफ दिएका हुन् ।

सम्बन्धित समाचार

ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

प्रकाशित : पुस ७, २०७७ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×