कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय अतिक्रमणविरुद्ध सडकमा उत्रिएका ३६ जना पक्राउ

काठमाडौँ — भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई केही बेरअघि माइतीघरबाट नियन्त्रणमा लिएको हो ।

भारतीय अतिक्रमणविरुद्ध सडकमा उत्रिएका ३६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ३५ पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको बताए । एसएसपी ज्ञवालीले माइतीघर-बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । त्यसमध्ये मोहन वैद्य नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ५ जना र बाँकी सत्तारुढ नेकपानिकटका विद्यार्थी नेता तथा कार्यकर्ता रहेका छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । भारतीय दूतावास अगाडि समेत प्रदर्शन हुने आशंकामा प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्‍चालनमा ल्याएको हो । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए

प्रकाशित : वैशाख २७, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?