२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चन्द समूहले विस्फोट गराएको आशंका

मातृका दाहाल

काठमाडौँ — बालुवाटार जग्गा प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार साँझ चन्द समूहले विस्फोट गराएको आशंका गरिएको छ । सेनाको मेडिकल कलेज नजिकै भएको उक्त बम विस्फोट प्रतिबन्धित चन्द समूहले गराएको आशंका प्रहरीले गरेको छ ।

चन्द समूहले विस्फोट गराएको आशंका

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको बताए । यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ ।


महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले उपत्याका चारै नाकामा सतर्कता बढाएर विस्फोट गराउने समूहको खोजी गर्न निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस्ः
ललिता निवास प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट (अपडेट)

चन्द समूहले ढकालको घरमा कुकर बम विस्फोट गराएको खुलासा

बम विस्फोटपछि घटनास्थलका तस्बिरहरु

प्रकाशित : माघ १, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?