१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

ललिता निवास प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट (अपडेट)

मातृका दाहाल

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । सानो भर्याङस्थित ढकालको घरमा अहिले साँझ बम विस्फोट भएको हो । घटनास्थलतर्फ प्रहरी गइसकेको छ । 

ललिता निवास प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट (अपडेट)

काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताए ।


प्रतिबन्धित चन्द समूहले विस्फोट गराएको प्रहरीको आश‌ंका छ ।


सेनाको मेडिकल कलेज नजिकै बम विस्फोट भएको हो ।

प्रकाशित : माघ १, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?