दिलीप हत्या आरोपमा चार पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषामा टिपरले किचेर दिलीप महतोको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न रहेको आशंकामा लोडर चालक महोत्तरी बर्दिबास बिजलपुराका २२ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

दिलीप हत्या आरोपमा चार पक्राउ

शनिबार लोडर चालकलाई पक्राउ गरीएको हो । यसअघि प्रहरीले चुरीयामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई जनकपुरबाट पक्राउ गरिएको थियो । टिपरले किचेर २४ वर्षीय दिलीप महतोको हत्या आरोपमा प्रहरीले घटना लगत्तैसँगै घटनास्थल पुगेका रोशन यादव र टिपर चालक महोतरी बर्दबासका ३४ वर्षीय मुनिन्द्र महतो पक्राउ गरेको थियो ।

दिलीप महतोलाई जानीजानी टिपर प्रयोग गरेर मारिएको देखिन्छः डीआईजी कार्की

पडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानीसहित जाहेरी दर्ता गराएको छ । जाहेरी दर्ता गराएपछि जनकपुर प्रादेशिक अस्पतालमा मृतक महतोको शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ । शव बुझ्न जनकपुर आएका परिवारका सदस्यहरुले न्याय मागेका छन् । दोषिमाथि कडा कारवाही नभऐ स्थानियले आन्दोलन गर्ने चेतावनी दिएका छन् । परिवारका सदस्यहरुले घटनास्थलको मुचुल्का नगरेकोमा प्रहरीमाथि शंका व्यक्त गरेका छन् ।

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

मृतक दिलीपका बुबा रामजीवन महतोले प्रहरीले घटनास्थलबाट मुचुल्का समेत नउठाएर हतारमा शव ल्याएकोमा शंका व्यक्त गरेका हुन् । चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चलकसँग मिलेर घटना कमजोर बनाउन खोजेको आरोप उनले लगाएका छन् ।

प्रकाशित : पुस २६, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?