कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको उपचार अर्को साता पूरा हुने

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बढी मात्रामा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारका लागि सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ प्रक्रिया अर्को साता पूरा हुने भएकाे छ ।

प्रधानमन्त्रीको उपचार अर्को साता पूरा हुने

यही विशेष प्रकारको एन्टिबडी बढेपछि त्यसबाट मिर्गौलालाई हुने हानी रोकथाम गर्नका लागि ७ पटकसम्म प्लाज्माफेरेसिस गरिँदै छ । हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललले ट्वीट गरेर उपचार अर्को साता पूरा हुने जानकारी दिएका हुन् । प्रधानमन्त्रीको नेशनल युनिभर्सिटी अस्पताल, सिंगापुरमा हरेक दिन बिराएर ‘प्लाज्माफेरेसिस’ भइरहेको छ ।

प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेकी उनको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह बुधबार स्वदेश फर्किएकी छिन् । स्रोतको अनुसार उनी फेरि केही दिनपछि सिंगापुर जानेछिन् र प्रधानमन्त्रीसँगै फर्किने तय भएको छ ।

प्रधानमन्त्री गत भाद्र ५ गते ‘प्लाज्माफेरेसिस’ गराउन दोस्रो पटक सिंगापुर गएका थिए । यसअघि साउन १८ देखि साउन २७ गतेसम्म नेशनल युनिभर्सिटी अस्पतालमै प्रधानमन्त्रीको विभिन्न परीक्षणसँगै विभिन्न औषधिसमेत चलाइएको थियो ।


प्रकाशित : भाद्र ११, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?