२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

उपचारका लागि प्रधानमन्त्री ओली पुन: गए सिंगापुर

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि एक महिनामा दोस्रोपटक उनी उपचारकै लागि सिंगापुर गएका हुन् । उनी भाद्र २० गते फर्किने बताइएको छ ।

उपचारका लागि प्रधानमन्त्री ओली पुन: गए सिंगापुर

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए । त्यहाँ रहँदा उनले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर गएको जानकारी दिइएको छ ।


प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए।


उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका थिए । उनी भाद्र २० गते नेपाल फर्कने कार्यक्रम रहेको जानकारी दिइएको छ ।


प्रकाशित : भाद्र ५, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?