कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

महिलाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ — काठमाडौं महानगरपालिका-१५, शोभाभगवती स्वयम्भूमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

महिलाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

३ माघमा स्थानीय सरिता गिरीको घरको कोठामा सढेगलेको अवस्थामा महिलाको शव फेला परेको थियो । तत्काल प्रहरीले शवको पहिचानसमेत गर्न सकेको थिएन ।

मृत भेटिएकी महिला तनहुँको भिमाद नगरपालिका साविक किहुँ-५ की ५१ वर्षीया सफिना मियाँको भएको खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले ३ माघमा मृत भेटिएकी महिला तनहुँकी सफिना मियाँ भएको पहिचान भएको जानकारी दिए । प्रहरीका अनुसार ती महिलाको हत्या भएको अनुमान गरिएको छ ।

उनको हत्याको आशंकामा उनीसँगै बस्ने भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षीय ईकरामुल हक अन्सारी पक्राउ परेका छन् ।

'दुई तले घरको भुँइमा रहेको कोठामा सफिना मियाँको शव भेटिएको थियो । घरमा बस्ने व्यक्ति को हुन् ? के का लागि बस्छन् ? भनेर समेत घरबेटीलाई थाहा नभएको रहेछ,' प्रहरी प्रमुख खत्रीले भने, 'महिलासँगै बस्ने भारतीय नागरिक ईकरामुलले उनको हत्या गरेको सम्भावना रहेकाले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ ।'

सो अवसरमा प्रहरीले विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ का अञ्जन बराललाई पनि सार्वजनिक गरेको छ ।

उनको साथबाट बैंकका चेक, लेटरप्याड, स्ट्याम्प र डायरी फेला पारेको प्रहरीले जनाएको छ । हालसम्म बरामद गरेको ३५ वटा चेकमा उल्लेख भएको रकम १५ करोड ६५ लाख ८० हजार रहेको प्रहरीले जनाएको छ। उनले एक वर्षदेखि गोविन्द घिमिरेसँग मिलेर ठगी गर्दै आएको खुलेको छ ।

प्रकाशित : माघ ७, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?