भत्काइएका अनधिकृत संरचनाको थुप्रो अझै हटाइएन- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्काइएका अनधिकृत संरचनाको थुप्रो अझै हटाइएन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका ‘डेब्रिज’ हटाउन अझै केही दिन लाग्‍ने भएको छ । नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र सम्बन्धित घरधनीले हटाएका छैनन् ।

काठमाडौं महानगरले भत्काएको काठमाडौं मलस्थित अनधिकृत संरचना । दुई साताअघि भत्काइएका संरचना नउठाउँदा पैदलयात्रुलाई आवतजावतमा सास्ती भएको छ । तस्बिर : इलिट जोशी/कान्तिपुर

सडकमै ती संरचना हुँदा सर्वसाधरण र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारदेखि ती संरचना हटाउने बताए पनि हटाइएको छैन ।

नगर प्रहरीको टोली बिहीबार पशुपति क्षेत्र, वीरा कम्प्लेक्स क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन केन्द्रित भएपछि नभ्याइएको पाण्डेले प्रतिक्रिया दिए ।

'हामीले आजदेखि ती संरचना हटाउने भनेका थियौं; इन्द्र जात्राको पनि तयारी गर्नुपर्ने भएकाले भ्याइएन,' पाण्डेले कान्तिपुरसित भने ।

बिहीबार नगर प्रहरीको टोलीले त्यसै छाडिएका संरचनाहरूको अभिलेख गरेर फर्किएको थियो । आइतबारदेखि ती संरचना हटाइने उनले दाबी गरे ।

प्रकाशित : भाद्र २३, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा चरेससहित २ भारतीय पक्राउ

तृप्ति शाही

बैतडी — बैतडीमा लागूऔषध (चरेस)सहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार निवासी २३ वर्षका ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले चरेस सेवन गरिरहेको अवस्थामा दशरथचन्द नगरपालिका ४ को गोठलापानी-शाहीलेक सडकबाट बुधबार राति पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ सय मिलीग्राम लागूऔषध (चरेस) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : भाद्र २३, २०७९ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×