कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

भक्तपुरमा सडकछेउका जोखिमयुक्त रुख काट्न थालियो

भक्तपुर — भक्तपुर नगरपालिका–१ च्वङगा गणेश मन्दिर जंगलस्थित सडक छेउका जोखिमयुक्त रुख काट्न थालिएको छ ।

भक्तपुरमा सडकछेउका जोखिमयुक्त रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

डिभिजन वन कार्यालय भक्तपुरकी वन अधिकारी सुस्मिता तिमल्सिनाका अनुसार सोमबार उक्त क्षेत्रका जीर्ण रुख मार्किङ गरी काट्न थालिएको हो ।

यस क्रममा सल्लाघारी–दूधपाटी सडकखण्ड अन्तर्गत सडकको दायाँबायाँका जोखिमयुक्त सल्ला, खरी र मसलाका रुख काट्ने उनले बताइन् ।

डिभिजन वन कार्यालय भक्तपुर, च्वङगा गणेश मन्दिर संरक्षण तथा विकास समिति, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा रुख काट्ने बताइएको छ । रुख काट्ने क्रममा सल्लाघारी–दूधपाटी सडकखण्डको सवारी आवागमन ठप्प पारिएको छ ।


प्रकाशित : श्रावण ९, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?