२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

जनकपुर कस्तो बनाउने ?

जनकपुर — ‘जनकपुरको पुनर्जागरण, वैभव फर्काउने अवसर’ शीर्षकका वक्ताले सांस्कृतिक जागरणसहित जनकपुरको समग्र विकास गर्नुपर्नेमा जोड दिएका छन् । जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साहले अन्तःगृह परिक्रमा मार्गभित्रका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा तथा ग्रामीण इलाकालाई कृषि र औद्योगिक क्षेत्रका रूपमा विकसित गर्नुपर्ने बताए ।

जनकपुर कस्तो बनाउने ?

‘यहाँ धार्मिक र सांस्कृतिक पर्यटनसँगै कृषि, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको पर्याप्त सम्भावना छ । जनकपुरको पुनर्जागरण समष्टिगत विकासबाट मात्र सम्भव छ,’ उनले भने ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले पहिले पहाडे–मधेसे मिलेर बसे पनि अहिले सामाजिकता कहाँ पुगेको छ भन्दै प्रश्न गरे । प्रदेशसभा सदस्य रामाशीष यादवले बाहिरी रूपले देख्दा जनकपुरमा रेल, चिल्ला सडक तथा हवाईअड्डा विस्तार भएको देखिए पनि धेरैथोक गर्न बाँकी रहेको बताए । मिथिला संस्कृतिको पूर्ण जागरणबाटै यस नगरीको विकास हुने उनको भनाइ थियो । अधिवक्ता रेखा झाले संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष फितलो भएको गुनासो गरिन् । ‘तीनै सरकारको स्वरूप हेर्नुहोस् अनि महिला प्रतिनिधित्वको समीक्षा गर्नुहोस् । गठबन्धनका कारण पालिका उपप्रमुखसमेतबाट महिलालाई वञ्चित गरिएको छ,’ उनले भनिन् ।

प्रकाशित : असार २६, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?