कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कविता : छाडेर जानेसँग

दिनेश थपलिया

रातको अनिँदो छटपटीसँगै
अनायास तिमीलाई सम्झें

कविता : छाडेर जानेसँग

अलिअलि थकान, अलिकति मुस्कान

उस्तै अडान, उस्तै यौवन ।


थाहा छैन जानेहरु किन बिर्सन्छन् बाटो ?

पर्खनेहरु किन कुरिरहन्छन् दोबाटो ?

अनि मचाहिँ पर्खिरहेको छु कि भागिरहेको छु ?


मेरो मानसपटलमा किन आउँछन्

आशा र निराशा एकै पटक ?

प्रेम र घृणा सँगसँगै किन बेचैन बनाउँछन् ?

रित्तो मौनतासँगै आउने बेमौसमी खुसीहरु

किन जागृत हुन्छन् अव्यक्त रहर ?

किन ब्युँझिन्छन् मुर्छित सपना समय फेरिए पनि

मन परेको मान्छेप्रतिको मन फेरिँदो रहेनछ ।


हामीलाई थाहा भएकै हो कुनै कथा अधुरा हुन्छन्

कुनै सम्बन्ध अपूरा, त्यो पनि थाहा भएकै हो

सम्बन्ध टाढिए पनि सम्झनामा आइरहनेहरु सधैं प्यारा भइरहन्छन् ।


एकपल्ट आफैं सम्झ त

जानेबेला तिमीले भनेकी थियौ

बिहानीको व्यग्र प्रतीक्षासँगै

एक्कासि सम्झे मैले

तिमीले भनेकी थियौ– मलाई खुल्ला क्षितिजमा रमाउन देऊ

आफ्नै संसारमा हराउन देऊ ।


त्यतिबेला मैले कुनै रोकटोक गरिनँ

कुनै प्रश्न सोधिनँ

धेरै समयपछि सााच्चै सोध्दै छु म–

मेरो प्यारो मान्छे,

मायाभन्दा फराकिलो क्षितिज कहाा छ ?

मेरो सम्झनामा आइरहने मान्छे,

समर्पणभन्दा ठूलो संसार कहाा छ ?

प्रकाशित : जेष्ठ १२, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?