२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्विजरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ — कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रंगशालामा मंगलबार राति भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्विजरल्यान्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

स्विजरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

पोर्चुगलका लागि गोन्सालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । २१ वर्षीय रामोसलाई सुरुवाति ११ मा राख्दै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो । रोनाल्डोलाई ७४औं मिनेटमा मैदान प्रवेश गराइएको थियो ।

त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफायल गुरेरियो र राफायल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।

स्विजरल्यान्डका लागि ५८औँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा स्पेनलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?