इरानमाथि इंग्ल्यान्डको सहज जित- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इरानमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी

दोहा — उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जित निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जित निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो ।


यो जितसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । उसका लागि जुड बेलिङघमले गोलको खाता खोलेयता बुकायो साकाले दुई गोल गरे ।

यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयको अन्त्यतिर पेनाल्टीबाट गरे ।

इरानले चोटका कारण पहिलो हाफमा पहिलो रोजाइका गोलरक्षक सइद हुसेन हुसेइनीलाई गुमाएको थियो र यसले उसको खेल प्रभावित रह्यो ।

प्रकाशित : मंसिर ५, २०७९ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्

इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु, ७ सय घाइते

एजेन्सी

काठमाडौँ — इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अरु सयौं घाइते भएको बताइएको छ । भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन् ।

अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन पनि भूकम्पको क्रममा भत्किएका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका छन् ।

पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको हो ।

स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिसहरू पुरिएर थुनिएका छन् । साथै ७ सय मानिस घाइते भएको बताइएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ १७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×