कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सेली राष्ट्रपति कतारको समर्थनमा

एएफपी

बैंकक — फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले कतारको विश्वकप आयोजनालाई लिएर खेलकुदमा राजनीति गर्नु खराब विचार भएको बताएका छन् । रुसमा २०१८ मा जितेको उपाधि रक्षा गर्ने अभियानमा फ्रान्स रहेको अवस्थामा म्याक्रोनले भने, ‘मलाई लाग्छ हामीले खेलकुदमा कहिल्यै राजनीति गर्नु हुँदैन ।’

फ्रान्सेली राष्ट्रपति कतारको समर्थनमा

कतार विश्वकप आइतबार सुरु हुँदै छ । तर मानवअधिकार हनन, विदेशी कामदारमाथिको दुर्व्यवहारसहित विषयका कारण कतारले ठूलो आलोचना खेप्दै आएको छ । ‘यी विषयहरू विश्वकप आयोजना गर्न दिँदै गरिनुपर्थ्यो,’ एसिया प्यासिफिक इकोनोमिक कर्पोरेसन शिखर सम्मेलनमा सहभागी उनले बैंककमा पत्रकारमाझ भने । फ्रान्सका कप्तान हुगो लोरिसले युरोपका अन्य कप्तानहरूले जस्तै आफू भेदभाव विरोधी आर्मब्याड लगाएर प्रतियोगितामा नउत्रने जनाइसकेका छन् । उनी कतारलाई सम्मान देखाउन चाहन्छन् । कतारमा समलैंगिकता अवैध मानिन्छ । फ्रान्स सेमिफाइनल पुगेमा कतार जाने म्याक्रोनले बताए । फ्रान्सले २०२४ को ओलम्पिक आयोजना गर्दै छ ।

पेरिस र फ्रान्सका अन्य सहरमा विश्वकपका खेलहरू ठूला स्क्रिनमा नदेखाइने भएको छ । अन्य बेलामा फ्रान्समा प्रमुख प्रतियोगिताहरू सहरका विभिन्न भागमा देखाइने गरेको थियो ।

प्रकाशित : मंसिर २, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?