कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरी-१ मा राप्रपाका अशोक राईलाई सुरुवाती अग्रता

प्रदीप मेन्याङ्वो

सुनसरी — सुनसरी-१ मा मतगणना सुरु भएको छ । जारी गणनाको सुरुवाती परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले अग्रता लिएका छन् । 

सुनसरी-१ मा राप्रपाका अशोक राईलाई सुरुवाती अग्रता

६०० मत गणना हुँदा राप्रपाका राइले १७४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १४१ मतसहित उनलाई पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ११३ मतसहित तेस्रो स्थानमा छिन् भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बाले ७० मत पाएका छन् ।

एमाले समर्थनका जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले २५ मत पाएका छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?