कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

रानाभाट बने लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको मेयर

लन्डन — नेपालीमूलका काउन्सिलर जीत रानाभाट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको मेयर निर्वाचित भएका छन् ।

रानाभाट बने लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको मेयर

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा बुधबार एक विशेष समारोहबीच रानाभाटले मेयरको शपथ लिए । उनको कार्यकाल एक वर्ष हुनेछ । एक साताअघि सम्पन्न बरोको साधारणसभाले उनलाई सर्वसम्मत मेयर निर्वाचित गरेको थियो ।

बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिएका थिए।

त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए ।

डेढ दशकअघि लेबर पार्टीसंग जोडिएका रानाभाट सन् २०२२ मा पहिलोपटक लेबर पार्टीबाट ग्रीनवीच बरो काउन्सिलर निर्वाचित भए । रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हाले ।

कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । उनी श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्छन् ।

प्रकाशित : जेष्ठ १७, २०८१ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x