कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

बेल्जियममा नेपाली खाना महोत्सव

नवीन पोखरेल

लन्डन — बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो । 

बेल्जियममा नेपाली खाना महोत्सव

खाना महोत्सवमा १५ देशका राजदूत, युरोपियन युनियन प्रमुख, पार्लियामेन्ट बेल्जियमका सदस्य, लुभेनका मेयरसहित अन्य विभिन्न देशबाट आएका गरि करिब २२ हजार नेपाली र बेल्जियमवासी नागरिक सहभागी भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा १४ वटा नेपाली खानाका स्टल, दुईवटा हस्तकला, १०० वटा बालबालिका नृत्य, ५० वटा सांस्कृतिक नाच साथै विभिन्न भेषभूषासहितको नृत्य प्रस्तुत गरिएको थियो ।

नेपाली पर्यटन प्रवर्धन गर्न आयोजकले भाग्यचिट्ठाद्वारा एकजनालाई आवतजावत हवाई टिकट र अर्को एकजनालाई काठमाडौंमा तीन रातको होटल बसाई निःशुल्क प्रदान गरेका छन्। विदेशमा रहेर पनि नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धन गरी नेपाल राष्ट्रको सम्वृद्धि र विकास गर्ने उद्देश्यले महोत्सव गरिएको संयोजक काशी दनैले बताए ।

लुभेनमा दोस्रो पटक भएको नेपाली खाना महोत्सव निकै व्यवस्थित भन्दै स्थानीय मेयरले निकै प्रशंसा गरेका थिए । कार्यक्रम व्यवस्थित बनाउन स्वयंसेवकहरु र सुरक्षालाई मध्यनजर राख्दै रेडक्रस टिम खटाइएको थियो । नेपाली व्यवसायी संघ बेल्जियमले कार्यक्रम सफल भएको भन्दै सबैमा आभार व्यक्त गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x