कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा

काठमाडौँ — नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ ।

नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा

भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट २ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ ।

ने्पालको युएईसँग २६ अर्ब ५ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा छ । युएईबाट २८ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालले २ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

भारत, चीन, युएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्याण्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनाम, जापानलगायत मुलुकसँग व्यापार घाटा छ ।

प्रकाशित : असार ७, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×