सरकारको नीति तथा कार्यक्रम : समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मगंलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् । 

सरकारको नीति तथा कार्यक्रम : समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने

जल यातायातको प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गरिने उनले बताए । उनले सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने जनाए ।

‘सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ, समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x