२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।

प्रकाशित : वैशाख ३, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?