२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

दोस्रो जिरी महोत्सव सुरु

दोलखा — दोलखाको पर्यटकीय नगरी जिरीमा शुक्रबारबाट दोस्रो जिरी महोत्सव सुरु भएको छ । 

दोस्रो जिरी महोत्सव सुरु

आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव सुरू गरिएको हो । वैशाख २ गतेसम्म चल्ने महोत्सवमा कृषि तथा घरेलु हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, जातीय सांस्कृतिक झलकहरु, बाल उद्यान, झाँकी तथा र्‍याली, लोकनृत्य प्रतियोगिता, खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारलगायत कार्यक्रम हुने आयोजक जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारीकरणका लागि ५० भन्दा धेरै स्टल रहेको महोत्सवले जिरी आन्तरिक पर्यटनको सम्भावना खोजी र प्रवर्द्धन गर्न अन्तरक्रिया लगायतका कार्यक्रम समेत हुने श्रेष्ठले बताए । यस्तै महोत्सवबाटै जिरीको ऐतिहासिक र धार्मिक महत्वका स्थानको समेत प्रचारप्रसार प्रवर्द्धनका कार्यक्रम संचालन गरिने उनले बताए । उनका अनुसार जिरीको पर्यटनलाई पुरानै लयमा फर्काउन पदमार्गको प्रचारप्रसार पहिचान तथा सगरमाथाको प्रवेशमार्गका रूपमा चिनाउने कार्यक्रमसमेत गरिने छ ।

महोत्सव शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

महोत्सव उद्घाटनअघि जिरीको हाटडाँडादेखि लिङकन बजारसम्म जातजातिको झाँकीसहित र्‍याली निकालिएको थियो ।

प्रकाशित : चैत्र २३, २०८० २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?