कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल फागुन २१ गतेदेखि

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल सुरु हुने भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका हुन् ।

आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल फागुन २१ गतेदेखि

लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी दिए। छलफल फागुन २१, २२, २३, ३० गते, चैत्र १, २ र ४ गते हुने सभामुख घिमिरेले बताए ।

सभामुख घिमिरेले छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरूको नाम बैठक बस्नु भन्दा एक घण्टा अगाडि नै टिपाउन अनुरोधसमेत गरे । उनले छलफलका क्रममा सांसदहरूले उठाएका विषयवस्तुको टिपोटका लागि अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई निर्देशन दिए ।

प्रकाशित : फाल्गुन १४, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×