२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुग्याे

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । 

व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुग्याे

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ४ खर्ब ९९ करोडको वस्तु आयात गरिएको थियो । आयात १.६९ प्रतिशतले बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २९ अर्ब रुपैयाँको डिजेल, १७ अर्बको पेट्रोल, ११ अर्बको एलपीजी ग्यास आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २ अर्बको गलैंचा, १ अर्बको फलामजन्य वस्तु, १ अर्बको अलैंची निर्यात भएको छ ।

प्रकाशित : कार्तिक १२, २०८० १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?