कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

काठमाडौँ — तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

उनले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए । उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए । उनले ग्रेट हिमालय ट्रेल लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए । उनले हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने पनि बताए।

उनले भने,‘पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिनेछ । पर्यटकिय सम्भावना बोकेका पहाडी भू–भागमा स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीन तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिनेछ ।'

उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×