कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

रेमिट हाइड्रोको अवधारणामा  घुन्सा र सिम्बुवा जलविद्युत् आयाेजना निर्माण हुने

काठमाडौँ — सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माणका लागि रेमिट हाइड्रोको अवधारणा अघि बढाएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

रेमिट हाइड्रोको अवधारणामा  घुन्सा र सिम्बुवा जलविद्युत् आयाेजना निर्माण हुने

गत वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच रेमिट्यान्सको रकमबाट जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो ।

ताप्लेजुङ जिल्लाको ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धता अनुरुप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने समझदारी भएको थियो । निर्माणको चरणमा जान लागेका यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने समझदारीमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×