कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

दुर्गममा भूउपग्रहमा आधारित इन्टरेनट सेवा विस्तार गरिने

काठमाडौँ — सरकारले दुर्गम र विकट स्थानमा भूउपग्रहमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । योसँगै देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टनेट सेवा विस्तारलाई पनि तीब्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । 

दुर्गममा भूउपग्रहमा आधारित इन्टरेनट सेवा विस्तार गरिने

मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूउपग्रहमा आधारित इन्टरेनट सेवाको सुरुवात गरिने बताएका हुन् । ब्रोडब्यान्ड इन्टरनेट विस्तार सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुक्षितसमेत बनाइने उनले उल्लेख गरे ।

'द्रुत गतिको इन्टेनेट सेवाका लागि उच्च क्षमताको अप्टिकल फाइबर विस्तारलाई तीब्रता दिइनेछ,' उनले भने, 'दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरेनट सेवा प्रारम्भ गरिनेछ ।' राष्ट्रपति पौडेलले आगामी वर्ष नेपालले आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाउने पनि दाबी गरे ।

गत वर्ष अर्बपति इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा भूउपग्रहमा आधारित इन्टेरनेट सेवा सञ्चालनका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्पर्क गरेको थियो ।

प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले स्टारलिंकका अधिकारीहरूले आफूसँग अनौपचारिक रूपमा सोधीखोजी गरेको बताएका थिए । तथापी, दूरसञ्चार नीति र कानुनले यो क्षेत्रमा वैदेशिक लगानी स्विकृत हुन न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनैपर्ने व्यवस्था गरिएको हुँदा स्टारलिङ्कका लागि नेपालको कानुन नै बाधक हुने त्यसबेला चर्चा भएको थियो ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×