कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

नेपालको भौतिक पूर्वाधारमा लगानी गर्न दक्षिण कोरियाले माग्यो प्रस्ताव

काठमाडौँ — केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ । यो अवसरमा नेपालको भौतिक पूर्वाधारमा लगानी गर्न दक्षिण कोरियाले प्रस्ताव माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग नेपालका लागि दक्षिण कोरियाका राजदूतसहितको एक टोलीले भेटवार्ता गरी भौतिक पूर्वाधारमा थप लगानी प्रतिबद्धता जनाएको छ ।

नेपालको भौतिक पूर्वाधारमा लगानी गर्न दक्षिण कोरियाले माग्यो प्रस्ताव

दौत्य सम्बन्ध पूरा भएको अवसरमा नेपालले लगानीका लागि केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए । सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको उनले बताए । ‘भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै लगानी गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार छौं’ राजदूत पार्कले भने ।

जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० वर्ष पुग्दैछ, यहीं बेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिन सके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ ज्वालाले भने । उनले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरियाप्रति आभार प्रकट गरे ।

प्रकाशित : भाद्र ११, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?