कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

४.७ अंक बढ्यो सेयर बजार, ३ होटलको मूल्य १०% बढ्यो  

काठमाडौँ — साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४.७५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५५ अंकमा पुगेको छ । दिनभर कुल ३ अर्ब ४४ करोडको कारोबार भयो । हिजो ३ अर्ब ४९ करोडको कारोबार भएको थियो । 

४.७ अंक बढ्यो सेयर बजार, ३ होटलको मूल्य १०% बढ्यो  

कुल ७४ कम्पनीको मूल्य बढेको छ भने १४७ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहृयो । यस दिन पनि होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमूह ८ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २३, फाइनान्स ४, जलविद्युत् ४०, उत्पादन २३, माइक्रोफाइनान्स २४ र ब्यापार उपसमूह ८ अंक घटे । होटल ४४८, जीवन बीमा ३५९, निर्जीवन बीमा २९५ र अन्य उपसमूह ११ अंक बढे ।

यस दिन ३ होटलको मूल्य १० प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लु लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।

प्रकाशित : असार ७, २०८० १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?