कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

अब संस्थाले मुद्दती खातामा कम्तीमा ६ महिना निक्षेप राख्नैपर्ने

काठमाडौँ — अब कुनै पनि संस्थागत निक्षेपकर्ताले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दतीमा निक्षेप रकम जम्मा गर्दा कम्तीमा ६ महिना राख्नैपर्ने भएको छ । हालसम्म संस्थाहरुले कम्तीमा ३ महिना अवधिसम्म मुद्दती निक्षेपमा रकम राख्न पाउने व्यवस्था थियो ।

अब संस्थाले मुद्दती खातामा कम्तीमा ६ महिना निक्षेप राख्नैपर्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । व्यक्तिगत निक्षेपकर्ताका हकमा भने कम्तीमा ३ महिना अवधिको मुद्दती खाता हुनुपर्ने पुरानै व्यवस्था राखिएको छ । त्यस्तै मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहनेगरी ग्राहकले चाहेको वखत जहिले पनि झिक्न पाउनेगरी मुद्दती निक्षेप बैंकले स्वीकार गर्न पाउने छैन । बैंकहरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर अघिल्लो महिनाको तुलनामा औसतमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाउने व्यवस्था छ । मुद्दती खातामा हाल वाणिज्य बैंकहरुले ११ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका छन् । अन्य प्रकारका खाताको तुलनमा मुद्दती खातामा सबैभन्दा धेरै रकम जम्मा हुने गरेको छ ।

प्रकाशित : माघ २६, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?