कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

अहिले प्रविधिले संगीतकर्मीलाई धेरै सजिलो भएको छ

'बाटोमा हिँड्दाहिँड्दै गीत फुरे मोबाइल निकाले रेकर्ड गर्छु'
स्वप्न सुमन

मैले संगीत सुरु गर्दा युट्युब, फेसबुकजस्ता प्लेटफर्म छन् भन्ने पनि थाहा थिएन । मलाई साथीले ‘तिमी गीत गाउँछौं भिडियो बनाएर युट्युब, फेसबुकमा राख्न’ भन्ने सल्लाह दियो । ए हो त भनेर मैले क्यामेरा अगाडि राखेर खिचेर राख्न सुरु गरेको हो ।

अहिले प्रविधिले संगीतकर्मीलाई धेरै सजिलो भएको छ

अहिले प्रविधिले धेरै सजिलो हुन थालेको छ । बाटोमा हिँड्दै गर्दा कुनै आइडिया आयो भने मोबाइल फोन निकालेर त्यसलाई रेकर्ड गर्छु । घरमा गएर रेकर्ड सुनेर त्यसलाई मेलोडीमा ढाल्न र परिमार्जन गर्न कोसिस गर्छु ।

पहिले त्यति सजिलो थिएन होला । गीत लेख्न र गाउन पनि धेरै संघर्ष गर्नुपथ्यो होला जस्तो मलाई लाग्छ । एउटा प्लेटफर्मबाट हामी विश्वव्यापी भइरहेका छौं । कन्सर्टको कुरा पनि आउँछ । नेपालमा मात्र सो गर्नभन्दा पनि बाहिर बाहिर पुग्ने अवसर पनि आइरहेको हुन्छ । यो सबै प्रविधिका कारण सम्भव भएको हो । तर आफ्नो रुट भनेको आफ्नै हो । भाषा भनेको पनि सबभन्दा ठूलो कुरा हो । म नेपालीमा गीत लेखिरहेको हुन्छु, गाएको हुन्छु । म सर्वप्रथम पुग्ने भनेको नेपाली श्रोतासम्म नै हो । कतिपय ठाउँमा यस्ता मान्छे पनि देखेको छु कि नेपाली केही पनि बुझ्नु हुन्न, तर उहाँलाई नेपाली गीत, नेपाली भाषाचाँहि मन पर्छ ।

अस्ति भर्खर अस्ट्रेलिया गएको थिएँ । त्यहाँ एक जनालाई भेटे । उहाँ भुटानको हुनुहुँदो रहेछ । उहाँलाई नेपाली बोल्न नआउने रहेछ । उहाँलै मेरै गीत सुनेर नेपाली भाष सिक्नु भएको रहेछ । गीत सुनेर उहाँलाई धेरै नै सजिलो भएछ । मलाई धेरै नै धन्यवाद दिनुभयो । मलाई मैले लेखेको गीतले एक जना मान्छेलाई भने पनि प्रभाव परेछ भनेर धेरै नै गर्व महसुस भयो ।

मेरो व्यक्तिगत अनुभवमा मैले युट्युबमा गीत अपलोड गर्न थाल्दासमेत नेपालमा अनुगमन भन्ने सुरु भइसकेको थिएन । म फुलटाइम म्युजिक नै गर्छु । लकडाउनका बेला के खाने के गर्ने भन्ने कुरा युट्युबले आम्दानीले थेग्यो । मेरो खर्च टार्न मलाई युट्युबले एकदमै सहयोग गर्‍यो । मैले बेलैमा युट्युबमा राखेछु भन्ने भयो ।

गीतहरूको आम्दानीबाट सिधै मलाई नै आउने भएकाले धेरे नै सजिलो पनि भयो । मान्छेहरुले मिलियन/मिलियन भ्युज आयो भने धेरै पैसा आउँछ भन्नुहुन्छ । तर युट्युबमा जति नै भ्युज भए पनि कुन क्षेत्रमा हेरियो भन्ने कुराले आम्दानी फरक हुन्छ । नेपालबाट आउने भ्युज र अस्ट्रेलियाको भ्युजको आम्दानी फरक हुन्छ । त्यो कलाकारअनुसार पनि फरक हुने रहेछ । अहिले युट्युबबाहेक पनि अन्य वितरणका प्लेटफर्महरू रहेका छन् । त्यहाँ पनि युट्युबमा जस्तै गीतको पैसा भुक्तानी हुन्छ ।

-गायक स्वप्न सुमनले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : भाद्र ३०, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?