कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संगीतको कुनै सिमाना हुँदैन

लोचन रिजाल

संगीतको कुनै सिमाना हुँदैन । अरु विषयवस्तु जस्तै भाषा भनौं । संगीतलाई प्राविधिक रूपले सोच्यौं भने कुनै साउन्डलाई मानव जातिले त्यसालई सुर, ताल अनि लयबद्ध गर्‍यो भने संगीत बन्यो भनिन्छ । कुनै बाजा र शैलीलाई लिएर बनाउनु अगाडिको परिवेशलाई संस्कृतिसँग जोड्न मिल्यो नि ।

संगीतको कुनै सिमाना हुँदैन

नेपालको संस्कृतिलाई विश्वव्यापी गर्दा त्यसमा संगीतले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । जनगणना अनुसार हामी नेपालीको जातजाति १ सय २५ छौं भन्छ । तर, यो नेपाली संस्कृतिलाई व्यवस्थित, संरक्षण र अर्को पुस्तामा पुस्तान्तरण गर्ने विभिन्न विधिहरू जस्तै शिक्षामा रुपान्तरण गर्नुपर्छ । अब संस्कृतिलाई शिक्षामा रुपान्तरण गर्ने तर कसरी त ? भन्ने प्रश्नको उत्तरमा यो पुस्ताले १० वर्ष काम गर्‍यौं भने संगीतको शैलीमा मात्रै होइन, साहित्यको रुपमा विश्वमा जाला ।

नेपालको भूगोल बताउला, जनजीवन दर्शाउला, भेषभुषा दर्शाउला । संगीत दुई प्रकारका हुँदो रहेछ । एउटा समय सापेक्ष हुँदो रहेछ । रेडियो नेपालको स्थापना बेलामा हामीले सुनेका गीतहरु त्यतिबेलाको पप कल्चर थिए । त्यसभन्दा जरातिर जाने हो भने, रैथाने संगीतलाई केन्द्रमा राखेर अनुसन्धान गर्‍यो भने विश्वव्यापी मात्रै होइन संगीतको हिसाबले अर्थतन्त्रमै ठूलो प्रभाव पार्छ होला भन्ने लाग्छ मलाई ।

संगीत सिर्जनशिल प्रक्रिया हो । मैले आज एउटा संगीत कम्पोज गरे भने भोली लेख्दा त्यो अर्कै बन्छ । संगीत पानीजस्तै हुन्छ । बाजा पनि त्यही हो । बाजाको सीमा हुन्छ । जस्तै गीतारमा बज्ने धुन हाम्रो आरबाजोमा नबज्ला । भ्वाइलिन बज्ने चिज हाम्रो सारंगीमा नबज्ला । तर त्यसको ध्वनि अनि रसले त दर्शकको मनसँग जोड्ने कुरा नेपाली बाजाले पनि दिइहाल्छ । तर बाजा बनाउने अनि गीत लेख्ने, गाउनेलाई वैज्ञानिकका रूपले लिन सक्नु हाम्रो विडम्बना हो । उनीहरु त ठूला समाजविद् हुन् । नेपालका कुना काप्चामा रहेका हाम्रो परम्परागत बाजाहरूलाई अध्ययन गरेर ल्याउन सक्नुपर्छ । १० वर्षअघि जुम्लाको खलङ्गामा पुग्दा खस भाषामा त्यतिबेलाका समाचार गाएको सुनेँ । त्योबेला घटनाहरू गाउँथे ।

हाम्रो नेपाली बाजाहरु परम्परारगत रूपले गाउँ-गाउँमै सीमित छन् । ती बाजाहरुलाई अहिलेको पुस्तामा मात्र होइन अबको हजार वर्षपछिको नेपालमा पुग्ने आयाम हामीले कोर्न सक्छौं । त्यसलाई नेपाली अर्केस्टा भने पनि भयो । त्यसका लागि तीनवटा विधि छन् । संगीत गर्नेहरू होउन् या डाक्टर इन्जिनियर सबैसँग गरिखाने अधिकार त छ नि त ।

आजभन्दा २० वर्ष अगाडि मैले सारंगी बजाउन खोज्दा यसले के गर्न खोज्यो भनेर सोच्थे । कति कन्सर्टमा त्यो भोगेको छु । सारंगी त गन्धर्वहरूले झैं राम्ररी बजाउन आउँदैन मलाई । तर, सारंगी र अरबाजोको संयोजनमा अर्केस्टा गर्न सकिन्छ । पहिला त मालश्री धुन नगाई दशैं सुरु हुन्थेन । कर्णालीको हुड्केली र राउटेहरूको संगीत हामीले सुनेकै छैनौँ । हामी त हाम्रो नेपालीको संगीत नै नसुनिकन जीवन बित्ने भयो । यो सबै कुरालाई हामी आधारिक व्यक्ति, विद्यार्थी र शिक्षक मिलेर संस्थागत गर्नुपर्छ ।

उदाहरणका लागि नेपालमा ३३ हजारभन्दा बढी विद्यालय छन्, संगीतलाई त्यहाँ पढाइँदैन । त्यो लोक संगीतकर्मीलाई विद्यालयमा ल्याएर शिक्षामा जोड्न सकियो भने ३३ हजार संगीतकर्मीले काम पाउने भए । माध्यमिक र उच्च माध्यमिक तह जोडियो भने झनै बढीले काम पाउने भयो । त्यसो गरियो भने अबको सय वर्षपछिको नेपाल साँस्कृतिक हिसाबले साँच्चिकै नेपाल रहन्छ । त्यसपछि त कति अर्केस्टा हुन्छन् नि ।

-संगीतकार लोचन रिजालले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : भाद्र ३०, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?