२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

शक्ति हस्तान्तरणको शान्तिपूर्ण उपाय- चुनाव

शेरबहादुर देउवा

काठमाडौँ — कान्तिपुर कन्क्लेभको यो तेस्रो संस्करणमा सामेल हुन पाउँदा म खुसी छु । मलाई निम्ता गर्नुभएकोमा धेरै धेरै धन्यवाद । कान्तिपुर मिडिया हामी सबैले लडेर ल्याएको लोकतान्त्रिक मूल्य मान्यताको अथक समर्थक हो । यो जनताको जान्न पाउने अधिकारको कट्टर रक्षक र सरकारको निडर आलोचक पनि हो । 

शक्ति हस्तान्तरणको शान्तिपूर्ण उपाय- चुनाव

तपाईंका आलोचनाहरुको ग्राहक प्रधानमन्त्रीका हैसियतमा म भन्न चाहन्छु, सधैं सही नहुनु भए पनि तपाईं यस देशका लोकतान्त्रिक प्रक्रियाको प्रमुख साझेदार हुनुहुन्छ ।

म यस अवसरमा तपाईंका सबै योगदानहरूको लागि प्रशंसा गर्न चाहन्छु र आगामी दिनहरूमा सबैको सफलताको कामना गर्दछु ।

महिला तथा सज्जन वृन्द,

विश्वले आज अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छ । भूराजनीतिक तनाव, बढ्दो असमानता, आर्थिक संकट र जलवायु समस्यालगायतले विश्वको शान्ति र समृद्धिलाई निरन्तर रुपले चुनौती दिइरहेको छ ।

कोभिड महामारीले ठूला-साना, विकसित र विकासोन्मुख सबै देशका संरचनागत कमजोरीलाई थप उजागर गरेको छ । नेपाल पनि यसबाट अछुतो छैन ।

वर्तमानका चरम संकटहरू (जो हामीले सिर्जना गरेका होइनौं) ले विकासको सिँढी चढ्ने हाम्रो प्रयासमा अवरोध पुर्‍याइरहेको छ । यद्यपि, हामी हाम्रा चुनौतीहरू बारे सचेत छौं ।

हाम्रो सर्वोच्च प्राथमिकता भनेको महामारीबाट ज्ञान पाउनु हो । यसको अर्थ आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा प्राणालीको विस्तार र जनतामा लगानी गर्ने कार्यमा द्रूत गतिले अघि बढ्नु हो ।

म तपाईंलाई यो जानकारी गराउन पाउँदा खुसी छु कि, आजको मितिसम्म लक्षित जनसंख्याको ९४ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइएको छ भने ९७ प्रतिशतले कम्तीमा एक डोज पाएका छन् ।

दिगो समाधान सुनिश्चित गर्न र यस प्रकृतिको भविष्यका संकटहरूको लागि अझ राम्रोसँग तयार रहन सरकार आफ्नो प्रयासलाई दोब्बर बनाउन प्रतिबद्ध छु ।

दोस्रो, उपभोग्य वस्तुको मागमा भएको बृद्धि, बढ्दो मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिमा भएको दबाब हाम्रा लागि केही डरलाग्दा चुनौतीहरू थिए । युक्रेनको संकटले चिन्तामा थप पीडा थपेको छ ।

तर, हामीले यी समस्याहरूलाई समझदार मौद्रिक र वित्तीय नीतिहरूद्वारा समाधान गर्न सक्षम भएका छौं । पछिल्ला केही महिनामा कुराहरू उल्टो हुन थालेका छन् । रेमिट्यान्सको बढ्दो प्रवाह र पर्यटक आगमन र पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले आगामी दिनमा आर्थिक स्थितिमा सुधार आउने अपेक्षा गरेका छौं ।

गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र खाद्य सुरक्षा र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अत्यावश्यक क्षेत्रमा लगानीलाई निरन्तरता दिन पनि उत्तिकै महत्त्वपूर्ण छ ।

हामीले पूर्वाधार र यातायात सञ्जाललाई आधुनिकीकरण गर्न र व्यापार घाटा कम गर्न ठोस प्रयास गर्नु आवश्यक छ ।

तेस्रो, नेपाल जलवायु संकटको केन्द्रविन्दुमध्ये एक हो । हाम्रा जनताले पहिरो, बाढी र जङ्गलमा आगलागीको बढ्दो आवृत्तिसँगै जलवायु परिवर्तनको असमान असर भोगिरहेका छन् । एक अनुमान अनुसार बाढीले मात्रै हाम्रो औसत वार्षिक भौतिक क्षति एक अर्ब ४० करोड अमेरिकी डलर गर्ने गर्छ ।

जलवायु परिवर्तनसँग लड्न र स्थानीय कमजोरीहरूलाई उचित रूपमा सम्बोधन गरिएको सूनिश्चित गर्न हामीले स्थानीय अनुकूलन योजनाहरू लागू गरेका छौं ।

सन् २०४५ सम्ममा शून्य उत्सर्जन परिदृश्यमा पुग्ने हाम्रो राष्ट्रिय प्रतिबद्धता छ । मैले गत वर्ष ग्लासगोमा भएको कोप-२६ मा अन्तर्राष्ट्रिय समुदायसँग यो कुरा राखेको थिएँ ।

तर, जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । र, यसको समीकरण सरल छ । हामी जलवायु संकटलाई सम्बोधन गर्न चाहन्छौं भने हामीले यसको स्रोतमा जानुपर्नेछ । अनुकूलन र उत्सर्जन न्यूनीकरणका लागि जलवायु वित्त कोषको प्रतिबद्धता पूरा गर्नुपर्छ ।

अब, कृपया मलाई थप दुई महत्त्वपूर्ण मुद्दामा जाने अनुमति दिनुहोस् ।

एउटा, हामी युवा राष्ट्र हौं, जसको औसत उमेर २५.३ वर्ष छ ।

विगतका वर्षहरूमा हामीले राजनीति र राष्ट्रिय जीवनका अन्य क्षेत्रमा महिला, युवा र विभिन्न विपन्न वर्गको सहभागिताका सन्दर्भमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं ।

भर्खरै भएको स्थानीय निर्वाचनमा उनीहरुका प्रतिनिधि स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचित भएका छन् । यसले निर्णय प्रक्रियामा उनीहरूको सही सहभागिता मात्र सुनिश्चित गरेको छैन, हाम्रो लोकतन्त्रमा गतिशीलतालाई पनि बढाएको छ ।

दोस्रो, मुलुक अब मंसिरमा हुने प्रदेश सभा र संसदीय निर्वाचनको तयारीमा छ ।

मलाई लाग्छ, यो आवधिक चुनाव मात्र होइन । बरु, शक्तिको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने हाम्रो क्षमताको प्रमाण हो । यसले अन्तत: कानुनको शासनलाई बलियो बनाउँछ । लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउँछ ।

अन्तमा,

यस वर्षको ‘कन्तिपुर कन्क्लेभ’ को विषयवस्तु - अपेक्षाभन्दा पर, सीमाभन्दा पर छ । यो जनआकांक्षा पूरा गर्न हामीले के गर्नु पर्छ भन्ने भन्ने कुरासँग राम्रोसँग प्रतिध्वनित छ । हामीले हाम्रा सम्भाव्यताहरू बुझ्नुपर्छ; हाम्रा सीमानाहरू पार गर्नुपर्दछ र हाम्रो भविष्यलाई पुन: आकार दिन सामूहिक रूपमा काम गर्नुपर्छ ।

यसमा सञ्चार क्षेत्रलगायत सबै साझेदारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।

'कान्तिपुर कन्क्लेभ’ को यो संस्करणको सफलताको कामना गर्दछु ।

धन्यवाद ।

जय नेपाल ।

(प्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर कक्लेभको उद्घाटन सत्रमा सनिबार दिएको सम्भाषण)

प्रकाशित : भाद्र २५, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?