२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

निहा पाण्डे

निहा पाण्डेका लेखहरु :

नारीवादी परराष्ट्र नीतिका आयाम

‘नेपाल दुई ढुंगाबीचको तरुल’ भन्ने अलंकारमा निहित भाष्य साढे दुई शताब्दीदेखि नेपालको परराष्ट्र नीतिको अभिन्न अंग रहिआएको छ । तथापि यो अलंकारमा प्रयुक्त तरुललाई अचेल भिन्नै नाम दिएर नेपाल दुई देशबीचको पुल वा दुई ठूला ढुंगा फोड्न सक्ने विस्फोटक पदार्थ (डाइनामाइट) भन्ने पनि गरिन्छ ।

ग्लोबल साउथमा नारीवादी परराष्ट्र नीति

सन् २०२२ विश्व राजनीतिमा परराष्ट्र नीति सञ्चालनमा भूराजनीतिको केन्द्रीयताको दशकौं पुरानो बहस पुन: चर्काउने सवालमा उल्लेखनीय रह्यो । युक्रेनमा रुसी आक्रमण र स्विडेनले आफ्नो परराष्ट्र नीतिबाट ‘नारीवाद’ शब्दावली हटाएको घटनाले नारीवादी परराष्ट्र नीतिको सम्भाव्यताको छलफलमा प्रभाव पारेको छ ।

नारीवादी परराष्ट्र नीतिको सरोकार

युद्धप्रति मानिसमा वितृष्णा हुँदाहुँदै पनि युद्ध किन हुन्छ ? किन केही निश्चित सामाजिक समूह र लिंगलाई युद्धले असमान रूपमा प्रभावित गर्छ ? युद्धग्रस्त क्षेत्रमा सहायता र सहानुभूतिको असमान वितरण किन छ ? जलवायु परिवर्तन किन सम्पूर्ण मानवता र विशेषतः सीमान्तकृत सामाजिक समूह र लिंगका लागि अस्तित्वकै खतरा हो ? सार्वजनिक स्वास्थ्य किन राष्ट्रिय सुरक्षाको अभिन्न मुद्दा हो ? लोक–विमुख वैदेशिक नीति किन बाह्य र आन्तरिक रूपमा असफल हुन्छ ? नारीवादले यी प्रश्नहरूमा गहिरिएर विचार गर्न र समाधानका फरक र नवीन दृष्टिकोण दिन सक्छ ।