कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सुजन र अप्सनालाई वादोरियोको स्वर्ण

भाद्र ३१, २०८१
सुजन र अप्सनालाई वादोरियोको स्वर्ण

काठमाडौँ — टोखा भैरवका सुजन तामाङ र अप्सना रोका मगरले प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुजन र महिलामा अप्सनाले स्वर्ण जितेका हुन् ।

काठमाडौं युरो स्कुलमा भएको प्रतियोगिताको पुरुष २५ केजीमुनि अजिमाका अनुरोज थापा मगर, ३० केजीमुनि गोंगबुका सिहान राना, ३५ केजीमुनि मनमैंजुका शुलभ राजबाहक र ६० केजीमाथि मनमैंजुका सुरज राजवाहकले स्वर्ण जिते ।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला २५ केजीमुनि रोयल करातेकी निसुका महर्जन, ३० केजीमुनि गोदावरीकी आइस्टी पहारी, ३५ केजीमुनि गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनि मनमैंजुकी एलिना तामाङ, ४५ केजीमुनि मनमैजुकी प्रतीक्षा तामाङ र ५० केजीमुनि नागार्जुनकी सिर्जना तामाङले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरे । नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति रहेको थियो । टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको छन् । प्रतियोगिता मंगलबार सकिनेछ ।

प्रकाशित : भाद्र ३१, २०८१ २२:३२
x
×