कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

भाद्र ३१, २०८१
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

परासी — पश्चिम नवलपरासीको रामग्राममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रामग्राम नगरपालिका-९ बस्ने ३७ वर्षीय प्रेम ढाँडीको मृत्यु भएको हो ।

रामग्राम नगरपालिका-४ स्थित हुलाकी सडक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु. प्र.०१-००२ प २०५४ मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते ढाँडीको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ २१:४२
x
×