कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

कांग्रेसको पुस्तकालय व्यवस्थापन कोषमा कर्मचारी युनियन रुपन्देहीको सहयोग

भाद्र ३१, २०८१
कांग्रेसको पुस्तकालय व्यवस्थापन कोषमा कर्मचारी युनियन रुपन्देहीको सहयोग

काठमाडौँ — नेपाल निजामती कर्मचारी युनियन रूपन्देहीले कांग्रेसको केन्द्रीय पुस्तकालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ। 

सोमबार केन्द्रीय कार्यालयमा कर्मचारी युनियन रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले एक लाख रुपैयाँको चेक महामन्त्री गगनकुमार थापालाई हस्तान्तरण गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी समेत सहभागी थिए । युनियनले पुस्तकालय व्यवस्थित गर्न र नियमित सञ्चालन गर्न भन्दै कांग्रेसको पुस्तकालय व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेको हो ।

चेक बुझ्दै महामन्त्री थापाले रचनात्मक सहयोग प्राप्त भएको भन्दै कर्मचारी युनियन रुपन्देहीलाई धन्यवाद व्यक्त गरे । युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा कांग्रेसले नेतृत्वदायी भूमिका निभाउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ २०:१८
x
×