कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

भूमि अधिकारसम्बन्धी समस्या समाधानमा सरकार प्रतिबद्ध : महासचिव पोखरेल

भाद्र ३१, २०८१
भूमि अधिकारसम्बन्धी समस्या समाधानमा सरकार प्रतिबद्ध : महासचिव पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि अधिकारका दृष्टिले अबका तीन वर्ष महत्वपूर्ण हुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा सोमबार भूमि अधिकार तथा श्रमिक संगठन, नेपालको स्थापना दिवस तथा प्रथम केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले भूमि अधिकारसम्बन्धी समस्या समाधानमा प्रतिबद्ध भएर सरकारले काम अगाडि बढाएको बताए ।

भूमि समस्या समाधान गर्नुपर्छ भन्ने मान्यतामा एमाले स्पष्ट रहेको उल्लेख गर्दै महासचिव पोखरेलले सरकारले चाँडै भूमि आयोग गठन गरेर समस्या समाधान गर्ने बताए ।

उनले एमालेले विगतमा भूमिसम्बन्धी समस्या समाधान गर्न खोज्दा कानुनी जटिलता सिर्जना भएको र अदालतले काम रोकिदिने तीतो अनुभव रहेको बताए। महासचिव पोखरेलले भूमि आयोग गठन गरी भूमि अधिकारसम्बन्धी समस्या समाधानमा एकपटकका लागि भनेकाले अब गठन हुने आयोग अन्तिम हुने हुँदा भूमिहीन, सुकुम्बासी कोही वञ्चित नहुने बताए ।

उनले सबै मिलि भूमिहीन, सुकुम्वासीलाई प्रक्रियामा सामेल गराउन आग्रह गरे । महासचिव पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको उल्लेख गर्दै भूमि अधिकारको विषयलाई अगाडि बढाउने र समाधान गर्ने सन्दर्भमा प्रभाव पार्ने गतिविधि हुनसक्ने भन्दै सचेत गराए ।

भूमि अधिकार तथा श्रमिक सङ्गठनका अध्यक्ष शान्ता चौधरीले वर्तमान सरकारले भूमिको समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित : भाद्र ३१, २०८१ २२:४१
x
×