२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

नरेन्द्रजंग पिटर

नरेन्द्रजंग पिटरका लेखहरु :

कुरा प्रवृत्तिका

मान्छेमा रहेको असीमित शक्तिलार्ई एउटा अंशमा पनि उसले उपयोग गर्न सकेको हुँदैन । समाजमा ती सबै पक्ष सक्रिय हुन्छन् । शक्तिमा कुन चरित्र कुन बेला हाबी हुन्छ, त्यसैअनुसार समाजको चरित्र बनेको हुन्छ । एउटा मान्छेभित्र एकै पटक धेरै मान्छे, धेरै चरित्र, धेरै सपना, धेरै सोच सक्रिय हुन सक्छन् ।

घृणा नै सद्भाव बिथोल्ने कारक 

‘सद्भाव’ को सहर नेपालगन्ज अहिले तनावमा छ । यो एक्कासि भएको घटना होइन, त्यसका आधारहरू धेरै पहिलेदेखि तयार थिए । एकातर्फ सद्भावको खेती मौलाउँथ्यो भने अर्कातर्फ घृणाका जरा नेपालगन्जमा मात्र सीमित थिएनन् । मलजल गर्ने तत्त्वहरूले धार्मिक आवरणमा उत्तेजनाको कारखाना चलाइरहेका थिए । पहेँला र हरिया गम्छाभित्रको सक्रियता एवं आस्था र धर्मभन्दा उन्मादी खेल अस्वाभाविक र नियोजित थिए ।

जब स्वप्नद्रष्टा नै बदलिए

यो समाजले अक्सर अपराधीलाई माफ गर्छ तर स्वप्नद्रष्टालाई भने कहिल्यै माफ गर्दैन । - ओस्कर वाइल्ड आज म नोस्टाल्जियाले सताइएको छु । संसद्को पुनःस्थापना २०६३ वैशाख ११ गते भयो । परिस्थिति छिनछिनमै फेरिँदै गयो । अवस्था संवेदनशील भएकाले ढुक्क हुने सकिँदैनथ्यो । १२ गते सम्झिएँ, “म एकाएक ‘आतङ्ककारी’ बाट नागरिकमा फेरिएँ ।

कसलाई पर्‍यो सत्र !

चल सत्र तासको ठूलो खाल हुन्छ । तर, नेपालको राजनीतिक इतिहासमा सत्र संख्याले भने आग्रहको बीभत्स चित्रण गर्छ । कीर्तिपुरेको सत्र धार्नी नाक, सत्र सालको संसदीय व्यवस्था अपहरण र जनयुद्धको सत्र हजार संख्या, सत्रचोटि प्रधानमन्त्री प्रतिस्पर्धामा पराजित भए पनि राष्ट्रपतिमा विजय लगायतका प्रसंगले विशेष अर्थ र सन्देश दिन्छन् ।

चञ्चले अभ्यास र सहमतिको रटान

भ्रम धेरै शक्तिशाली हुन्छ । दिमागलाई आराम दिएपछि भ्रम र अन्धविश्वासमा जिउनुको भिन्नै मजा आउँछ । अझ ‘ओल्ड इज गोल्ड’ भनेर पश्चगमन स्विकार्ने भीड तयार गर्छ । हरेक घटनाले सार्वभौम सन्देश दिइरहेको हुन्छ । तर वाणी पाउन भने जिज्ञासाले खोजेको तर्कपूर्ण जवाफ चाहिन्छ ।

चुनावी परिणामसँगै उठेका बहस

सबैसँग चित्त बुझाउने तर्कहरू हुन्छन्, मन बहलाउने शीर्षक अनगिन्ती । अझ शक्तिकेन्द्रहरू आफू ठीक भएको प्रमाणित गर्ने भाष्यकारद्वारा अनेकौं तर्कखेती गराइरहन्छन् । दुःख भुलाउन हिँड्ने भिन्नाभिन्नै बाटा पनि हुन्छन् । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । चुनाव सकिएसँगै अब बहसका विषय भने फेरिए ।

राजनीति : भ्रम र यथार्थबीचको पौंठेजोरी

चुनाव करेसामै आइसक्यो । भनिरहनै पर्दैन, ‘चुलामा के पाक्या छ भन्ने कुरा पिँडीले नै कहन्छ ।’ पार्टीहरू जनतालाई अल्जाइमर (बिर्सने रोग) लाग्या छ भनेर मक्ख छन् । कसरी भ्रममा उल्झाउने भनेर रणनीति तयार हुँदै छ ।

एम सर, सशरीर हाजिर होऊ !

अठचालीस वर्ष पहिला रिलिज भएको राजेश खन्ना र मुमताज अभिनीत हिन्दी फिल्म ‘रोटी’ को एउटा गीतले भन्छ- ‘यह जो पब्लिक है यह सब जानती है / अजी अन्दर क्या है, अजी बाहर क्या है /यह सबकुछ पहचानती है, पब्लिक है ।’

राजनीतिमा ‘धर्म’ को अडेस

सांस्कृतिक राष्ट्रवाद नै राजनीतिको केन्द्र बनाउने भारतीय जनता पार्टी (भाजपा) सन् २०१४ मा सत्तामा पुगेपछि अन्धधार्मिकताले शीर्षस्थान ओगट्यो । नियोजित ‘लिन्चिङ’मा मुसलमान, दलित र आदिवासी पर्दै गए । आस्था र धार्मिकताको अर्थ फेरियो । अल्पसंख्यकप्रति आक्रमण सामान्य बने । उदारवादी आक्रमणका निसानामा परे ।