लेखक जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’ किताबमा भर्तृहरिको जीवन–प्रसंगसँग रुसका महान् कथाकार आन्तोन चेखब (१८६०–१९०४) को एउटा कथा हुबहु मिलेको उल्लेख गरेका छन् । एक जना प्रजाले राजा भर्तृहरिलाई अजम्मरी हुने फल दिन्छन् । राजाले त्यो फल नगरवधू प्रेमिकालाई दिन्छन् । नगरवधूले सिपाही प्रेमी अश्वपाललाई, अश्वपालले दरबारकी नर्तकीलाई र नर्तकीले राजालाई नै दिन्छिन् । स्वार्थको यो गोलचक्कर थाहा पाएपछि भर्तृहरि दिक्दार हुन्छन् र भाइ विक्रमादित्यलाई राजपाठ सुम्पी संन्यासी भएर वनवास जान्छन् । पुस्तकका अनुसार, चेखबको कथामा एक बिरामीले डाक्टरलाई एउटा उपहार दिन्छ । डाक्टरले त्यो उपहार प्रेमिकालाई, प्रेमिकाले अर्कै प्रेमीलाई र प्रेमीले डाक्टर पत्नीलाई अनि पत्नीले फेरि डाक्टरलाई नै दिन्छे (अन्तर्मनको यात्रा, पृष्ठ. १४३, बुकहिल संस्करण) ।
१. राउटे समुदायबारे थुप्रै गैरआख्यान लेखिएका छन्, वृत्तचित्रहरू बनेका छन् । तिनले राउटे समाजको आवरणमाथि एकसरो दृष्टि लगाउँछन् । अनन्त वाग्लेको पहिचान पुरस्कार विजेता उपन्यास ‘कदम’ ले भने तिनको अन्तर्यलाई छाम्छ । यसकारण उपन्यासले पाठकलाई तिनको हृदयसँगै साक्षात्कार गराउँछ । पाठक पनि आफ्नो हृदयले नै तिनको आन्तरिक संसारमा प्रवेश गर्दै जान्छ ।
एउटी युवती कपडा खोलेर स्तन देखाउँदै सोध्छे, ‘कसैलाई दूध चाहिन्छ ?’ झट्ट हेर्दा यस्तो दृश्य, जो कसैलाई अश्लील लाग्छ । तर, जब ऊ आफ्नो मर्मभेदी कथा सुनाउँछे, एकाएक त्यो दृश्यमाथि करुणाको सागर उर्लेर आउँछ । त्यसभित्र मानवतालाई पिर्ने एउटा हृदयविदारक कथा हुन्छ ।
हरेक सिर्जनाको आफ्नै खालको राजनीति हुन्छ । कतिपयले आफ्नो सिर्जनामा कुनै राजनीति नभएको दाबी गर्छन् । तथापि तिनको अराजनीतिकताले आफैंमा अर्को खालको राजनीति गरिरहेको हुन्छ । भक्तपुरमा प्रत्येक वर्ष हुँदै आएको नेपालभाषा साहित्य तः मुंज्याका आयोजकहरूले भने हाकाहाकी आफ्नो सम्मेलनलाई साहित्य र सांस्कृतिक कार्यक्रममार्फत किसान र मजदुरबीच जागरण ल्याउने अभियान भनेका छन् ।
कुनै दिन कालम समुदायको गाउँ केशपुत्तमा देशना गरिरहँदा बुद्धलाई एक जिज्ञासु युवकले सोधे, ‘यहाँ थुप्रै धार्मिक समूह आउँछन् । सबैले आफ्नै धर्मलाई सर्वश्रेष्ठ भन्छन् । हामी कसको कुरा पत्याऊँ भिक्षु ?’ शान्त स्वरमा बुद्धले भने, ‘हे युवक, कसैले राम्ररी भन्दैमा नमान । कुनै पावन ग्रन्थमा लेखिँदैमा नमान । कुनै सम्मानित गुरु वा नेताका कुरा र मेरै वचन पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैँ जान ।’ झन्डै २६ सय वर्ष अघिका बुद्धले जस्तै दुई सय वर्षअघिका कार्ल मार्क्सले पनि उही कुरा भने । अर्थात्, हरेक कुरामा सन्देह गर । दुवैको ‘सन्देह’ को निहितार्थ नकारसूचक ‘अविश्वास’ वा ‘आशङ्का’ थिएन, बरु तिनमा ‘परीक्षण’ र ‘पुनः परीक्षण’ मा जोड थियो ।
इटालीका निर्देशक भितोरियो डेसिकाले आफ्नो फिल्म ‘उम्बर्टो डी’ मा संसारभरिका सारा वृद्ध पिताहरूको संघर्ष र संवेदनाको कथा टपक्क टिपेका छन् । कताकता त्यसमा म आफ्नै पिताजीको विरही जीवनको एउटा झाँकी भेट्छु ।
१. ‘बहिनी, आज एक रातलाई बास पाइएला ?’ सुसेलीजस्तो यो सुरिलो स्वर उसलाई कताकता सुनिरहेजस्तो लाग्यो । कसको स्वर हो ? अहो, यो त उसकै श्रीमान्को जस्तो स्वर थियो, जुन उसले सुन्न नपाएको वर्षौं भइसकेको थियो ।