कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उडान

युमा

तम्तयार छु
उड्न
उन्मुक्त उडान

उडान

सोध्नु छ

बादलसित

गन्तव्यको ठेगाना

पुग्नु छ –

सुदूर प्रदेश

भेट्नु छ

वायुपंखी घोडामा सवार

इन्द्रेणी सपनाहरू

गर्नु छ –

एकै छिन

हुरीसित कानेखुसी


पुग्नु छ

पीडाको इपिसेन्टर

समात्नु छ

बेतोडले भागिरहेको हावा

भेट्नु छ –

एकनासले

दगुरिरहेको खोला

र, लामो यात्रामा

एक्लै हिँडिरहेको

सुनसान बाटो


अन्धकारलाई

अङ्गालो मारेर

मस्त निदाइरहेछ सपना,

फेरि पनि

उदाउने तरखर गरिरहेछ

कहिल्यै बूढो नहुने

नयाँ घाम


खेत खलियानको निधारमा

बगिरहेछ पसिना

मुसुक्क मुस्कुराइरहेछ

धानको बाला

सोध्नु छ –

पानीसँग

खडेरीको हालखबर


विरहको जङ्गलमा

एक्लै

रोइरहेछ लोकगीत,

शोकधुनझैं

किन

बजिरहेछ बाँसुरी

यतिबेला


चुपचाप

खिच्नु छ

आँसुको क्लोज अप,

फेरि पनि

खोज्नु छ

आगोको मुहान


आरन

तताउँदै गर

ओ प्रिय मानिस !

गर्न बाँकी नै छ

अन्तिम प्रहार ।

प्रकाशित : कार्तिक १, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?