कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस नेपाल-२०२३ को देशव्यापी अडिसन इटहरीबाट सुरु

अर्जुन सुवेदी

सुनसरी — मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुआत इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ गतेबाट अडिसन हुन लागेको जनाएको हो ।

मिस नेपाल-२०२३ को देशव्यापी अडिसन इटहरीबाट सुरु

कान्तिपुर मिडिया ग्रुप अफिसियल मिडिया रहेको मिस नेपाल-२०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो ।

इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा अडिसन हुने र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको राजकर्णिकारले बताए । मिस नेपाल–२०२३ का लागि आगामी जेठ १३ गते ललितपुरको गोदावरीमा ग्य्रान्ड फिनालेको आयोजना गरिने बताइएको छ ।

प्रकाशित : माघ २६, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?