कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रासायनिक हतियारको व्यवस्थापन छिट्टै: मुन

संयुक्त राष्ट्रसंघ (एएफपी) — संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले सिरियामा रहेका रासायनिक हतियारको व्यवस्थापन छिट्टै गरिने बताएका छन् । सिरियाली हतियार व्यस्थापनमा ढिलाइ भइरहेको आरोप लागिरहेकै बेला उनको यो भनाइ सार्वजनिक भएको हो ।


उनले भने, 'ती हतियारको व्यवस्थापन छिट्टै सुरु गरिनेछ ।' उनका प्रवक्ताले विज्ञप्ति मार्फत प्राविधिक कारणले ती हतियार हटाउने काममा केही ढिलाइ भएको जनायो । यसअघि ती हतियार सिरियाबाट हटाउने कार्य डिसेम्बर ३१ देखि गर्ने भनिएको थियो ।  
विज्ञप्तिमा छ, 'प्राविधक कारणले ती हतियारको ढुवानीमा कठिनाइ भएको हो ।' महासचिव बानले ती हतियार हटाउन यसअघि गरिएका प्रयासहरूका लागि विश्व समुदायको भूमिका उल्लेखनीय रहेको पनि विज्ञप्तिमार्फत जनाएका छन् । २०१४ को जुन ३० सम्ममा ती हतियार सिरियाबाट हटाइसक्नुपर्ने छ ।
सिरियामा जारी सरकार विरोधी आन्दोलनलाई दबाउन सिरियाली सरकारले यस्ता रासायनिक घातक हतियारको प्रयोग गरेको भन्दै विपक्षीले आपत्ति जनाएपछि राष्ट्रसंघीय अधिकारीले अनुसन्धान गरेका थिए । अनुसन्धानबाट सिरियाली सैनिकले ती हतियारको प्रयोग गरेको पाइएको बताएपछि विश्व समुदायले सिरियालाई यस्ता हतियारबाट मुक्त गर्न दबाब दिएको हो । सिरियामा यस्ता घातक हतियारको प्रयोगबाट धेरै नागरिकको ज्यान गइसकेको छ ।
 

प्रकाशित : पुस १५, २०७० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?