कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रुसमा आत्मघाती आक्रमण

मस्को (एजेन्सीहरू) — रुसको भोल्गोग्राद सहरस्थित एक रेलवे स्टेसनमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिब ५० जना घाइते भएका छन् ।

उक्त विस्फोट भोल्गोग्राद-१ स्टेसनमा नेपाली समयअनुसार दिउँसो २ बजेर ३० मिनेटमा भएको हो ।
रुसको चरमपन्थी विरोधी संगठनका अनुसार आत्मघाती महिला आक्रमणकारीले उक्त आक्रमण गराएको हो । यसै वर्षको अक्टोबरमा पनि एक संदिग्ध महिला आत्मघातीले भोल्गोग्रादमै बसमाथि गरेको आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको थियो । रुसमा बढ्दो चरमपन्थी समूहको हिंसात्मक गतिविधिका कारण त्यहाँ चिन्ता व्याप्त छ । छ सातापछि सोची सहरमा २०१४ को शीतकालीन ओलम्पिक खेल हुने कार्यक्रम छ । हालैका वर्षहरूमा उत्तरी ककेसस क्षेत्रमा इस्लामिक चरमपन्थीहरूको हिंसात्मक गतिविधि बढेको छ ।
उनीहरूले रुसका धेरै सहरलाई आफ्नो आक्रमणको निसाना बनाइसकेका छन् । आक्रमणकारीहरूले रुसमा ओलम्पिक खेल रोक्न चाहेका छन् । यसैबीच रुसको सरकारका एक प्रवक्ताले रेलवे स्टेसन र विमानस्थलहरूमा सुरक्षा कडा पारिने बताए । भोल्गोग्राद मस्कोबाट ९०० किमि दक्षिणमा, उत्तरी ककेससबाट ६५० किमि उत्तरमा र सोचीबाट ७ सय किमि टाढा उत्तर पूर्वमा अवस्थित छ । आइतबार भएको विस्फोटको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन । जुलाईमा चेचेन विद्रोही नेता दोकु उमारोफले अनलाइन भिडियो पोस्ट गर्दै ओलम्पिक खेल रोक्नका लागि चरमपन्थीहरूले आफ्नो पुरै शक्ति लगाएको बताएका थिए ।
'ब्यारेल्स बम' ले ५१७ को मृत्यु
एलेप्पो, सिरिया (एजेन्सी)- सिरियाको उत्तरी प्रान्त एलेप्पोमा डिसेम्बर १५ यता सिरियाली विमानबाट खसालिएको 'ब्यारेल्स बम' ले ५१७ जनाको मृत्यु भएको छ । मानवअधिकार क्षेत्रमा क्रियाशील 'द सिरियन अब्जभेटरी' ले उक्त अवधिमा विस्फोटक सामग्रीयुक्त 'ब्यारेल्स बम' ले १५१ बालबालिका र ४६ महिलासहित ५१७ जनाको मृत्यु भइसकेको बतायो । राष्ट्रपति बसर अल-असादका सुरक्षाकर्मी र विद्रोहीको तारो एलेप्पो सहरलाई बनाइएको छ । यसैबीच, एक जना नर्वेली प्रविधिले सिरियामा विध्वंस मनाउने रासायनिक हतियारहरू संकलन गर्ने तयारीमा जुटेका छन् ।


 

प्रकाशित : पुस १५, २०७० १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×