१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतमा रेल दुर्घट्ना, २३ को मृत्यु

नयाँ दिल्ली — भारतको दक्षिणी भागमा रात्रिकालीन रेलमा आगो लाग्दा शनिबार २३ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरुले दिएका छन् । आगोले यात्रुहरु सुतिरहेको एक डब्बालाई प्रभावित बनाएको बताइएको छ ।


रेलमार्गमन्त्री मल्लिकार्जुन खड्गेले रेलको एक डब्बामा ‘एयर कन्डिस्निङ’ प्रणालीमा गडबडी हुँदा उक्त आगो लागेको विश्वास गरिएको बताए । उनले रेल बङ्गलोरबाट नाँडेदतर्फ जाँदै गरेको अवस्थामा बिहानको ३:३० बजे आगो लागेको जानकारी दिए ।
टेलिभिजन समाचारमा यात्रुहरुले ज्यान जोगाउन उक्त डब्बाबाट फालहालेको उल्लेख गरिएको छ । अन्य यात्रु बाक्लो धुवाँबाट प्रभावित भएको बताइएको छ । मर्नेमा दुई बालबालिका रहेको बताइएको छ ।
मन्त्री खड्गेले २३ व्यक्तिको मृत्यु भएको र आठ व्यक्ति घाइते भएको एएफपीलाई पुष्टि गरे । उनले पाँच व्यक्तिको नजिककैको अस्पतालमा उपचार भइरहेको उल्लेख गरे ।
उनले घटनास्थल नाँडेदको बाहिरी भागमा अनुसन्धानका लागि एक समूह पठाइएको बताए । उनले रेलवे बोर्डका अध्यक्षको नेतृत्वमा एक छानबिन समूह गठन गरिएको बताए ।
स्थानीय प्रहरी प्रमुखले एएफपीलाई रेलमा यात्रुको मृत्युभएको जानकारी दिँदै उद्धार कार्य भइरहेको जानकारी दिए ।
हिन्दू समाचारपत्रलाई जानकारी दिँदै स्थानीय प्रहरी निरीक्षकले रेलका चालकले आगो देखेपछि रेल रोकेको बताए । रेलमार्ग प्रहरी निरीक्षक साइ प्रसादले आगो निभाइएको र धुवाँ हटेपछि शवहरु बाहिर ल्याइने बताए ।
उक्त डिब्बामा ६७ व्यक्ति यात्रा गरिरहेको मन्त्रीले बताउनुभयो । उक्त डिब्बा पूर्णरुपमा आगोबाट नस्ट भएको र त्यसको प्रभाव नजिकको डब्बामा पनि परेको बताइएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा आन्ध्र प्रदेशमा रेल दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति दुःख प्रकट गरे ।
एक विज्ञप्तिमा प्रधानमन्त्री सिंहले राज्य सरकारका अधिकारीहरुलाई पीडितलाई उद्धार गर्न तथा उद्धार कार्यमा सम्भव सबै सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।
रेलमार्ग मन्त्रीले यस घटनाबाट प्रभावित प्रति व्यक्तिका परिवारलाई रु. पाँच लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति दिइने बताए । रासस/एएफपी
 

प्रकाशित : पुस १३, २०७० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?