कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

करोडको जागिर छोडेर 'आम आदमी'

इकोनोमिक टाइम्स (नयाँदिल्ली) — एप्पलदेखि आपसम्म, वाषिर्कभन्दा बढी करोडभन्दा बढीको तलब छाडेर नियमित आम्दानी नहुने काम, यतिमात्रै होइन लचिलो कार्पेट सहितको अफिस छोडेर साधारण पहिरन जनसेवा । यी सबै अस्वाभाविक जस्ता लाग्छन् ।


तर शुक्रबार आम आदमी पार्टी (आप) मा संलग्न भएका ४० वर्षीय आदर्श केवल ठूलो कर्पोरेट क्षेत्रका कर्मचारीमात्रै नभई स्वतन्त्र भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीका नाति पनि हुन् । उनका पिता अनिल शास्त्री भने कांग्रेसका नेता हुन् ।
नयाँदिल्लीमा आपलाई कांग्रेसले सहयोग गरे पनि ऊ राजनीतिक प्रतिद्वन्द्वी भने कायमै छ । तर आपका लागि भने आदर्शको प्रवेश महत्त्वपूर्ण मानिएको छ । तर आदर्श आफैंले भने त्यसरी आपmनो भूमिका खोजेका छैनन् । उनले अमेरिकी कम्पनी एप्पलको जागिर छोडेका हुन् । उनी एप्पलको पश्चिम भारत प्रमुख थिए । 'मेरो राम्रो जागिर थियो तर मलाई अरविन्द केजरीवालको व्यक्तित्वले तान्यो र म आपमा जोडिन पुगें,' उनले भने । केजरीवाल आप अध्यक्ष हुन् । जसले शनिबार दिल्लीको रामलीला मैदानमा पद तथा गोपनीयताको शपथ लिए ।
मेट्रो रेल चढेर सामान्य नागरिक सरह मैदान पुगेका उनले आपmना सहयोगी र कार्यकर्तालाई घमण्ड नगर्न आह्वान गरेका छन् । उनले दिल्लीमा बिजुलीको भाउ आधा घटाउने दाबी गरेका छन् । यतिमात्रै होइन, उनी मुख्यमन्त्री भएपछि केही अघि बढेको ग्यासको मूल्य पनि घट्ने अनुमान गरिएको छ । मुख्यतया भ्रष्टाचारविरोधी अभियानबाट थालिएको उनको सार्वजनिक छविबाटै बनेको १ वर्ष पुरानो पार्टी दिल्लीमा दोस्रो ठूलो पार्टी भएपछि उनी मुख्यमन्त्री भएका हुन् । उनको पार्टीले ७० मध्ये २८ सिट ल्याएको छ । कांग्रेसले उनलाई बाहिरबाट सहयोग गर्ने भनेको छ ।
कांग्रेसमै रहेका आदर्शका पिताले उनको आप प्रवेशलाई सहज ढंगबाट लिएका छन् । आदर्शले पनि आपmना पितालाई कांग्रेस 'कल्चर' मा बस्न नसकिने बताउँदै आएका थिए । 'बुबाले यदि ठीक लाग्छ भने जाऊ भने,' आदर्शको प्रतिक्रिया थियो ।
तर अब पैसाका लागि के गर्नुहुन्छ त भन्ने प्रश्नमा ९ वषर्ीय जुम्ल्याहा सन्तानका पिता आदर्शले एक सानो टेलिकम कम्पनी खोल्ने र त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने बताए । आदर्श भने देशको जुनसुकै भागमा जुनसुकै काम गर्न तयार छन् । के उनी अब हुने लोकसभा चुनावमा भाग लिन्छन् त ? उनको भनाइ छ, 'पक्कै पनि ।'   

प्रकाशित : पुस १४, २०७० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?