कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संकटमा आरन पेशा

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिकास्थित पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल छ । करिब १२ वर्षको उमेरदेखि आरन पेसा अँगाल्दै आएका उनी दिनभर हात मुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ । बाबु-बाजेको पेशा धान्दै आएका प्रेमले आरन पेशा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ ।

संकटमा आरन पेशा

‘मेरो पेसा संकटमा छ‚’ प्रेमले दुखेसो पोख्दै भने‚ ‘आगोमा फलाम पिटेर बालबच्चा घरपरिवार पाल्न निकै दुःख सहनुपर्ने भयो । फुर्सद पनि नहुने र खान पनि नपुग्ने पेसा अँगालेर बाँच्नै धौ-धौ हुन थालेको उनले बताए । चुलेसी, आसी, कोदाली, कुटो, बेल्चा, घैटी मर्मत गरेबापत २ सय ज्याला र नयाँ बनाएर बिक्री गरेबापत ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बेच्ने गरेका छन् । सोरु गाउँपालिका-४ का ७० वर्षीय भैरे कामी र २७ वर्षीय चाउरे कामीको अवस्था पनि उस्तै छ । ‘फलाम पिट्दा-पिट्दा शरीर दुख्ने गरेको छ । यो पेसाले ढुक्कका साथ पेटभरि खान र शरीरमा लगाउन कहिल्यै पुगेन‚’ भैरेले भने‚ ‘पढाइलेखाइ नहुँदा यो पेशा छाडन नसकिने‚ बुबा-बाजेले पनि यही काम गरेर आफ्नो जीवन दुःखका साथ बिताए । पहिले बदियाँ राजापुर चिसापानी पुगेर फलामको भारी गरेर ल्याउने अनि कोटो कोदाली आसी गरेर बेच्ने गर्थ्यौं ।’

प्रकाशित : पुस ८, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×