कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संसदीय दलमा प्रतिस्पर्धा हुन्छ, प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

काठमाडौँ — नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने बताएकी छन् । निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने बताइन् ।

संसदीय दलमा प्रतिस्पर्धा हुन्छ, प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

'सर्वसम्मत हुने कुरामा भन्दा पनि पोलिटिक्समा आएपछि भविष्यमा नेतृत्व स्थापित गर्न प्रतिस्पर्धा हुनुपर्छ । चुनावमा गएपछि कस्तो नतिजा आउँछ थाहा हुन्छ,' राणाले भनिन्,' हाम्रो डेमोक्रेटिक पार्टी भएकले जो पनि उठ्न सक्छ । प्रतिस्पर्धा गरेर जानुपर्छ ।'

नेता राणाले अहिलेको अवस्था हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताइन् । राणाले भनिन्, 'मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।'

प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने उनको भनाइ थियो । 'डेमोक्रेसी र पार्लियामेन्ट्री सिस्टममा नम्बर गेम हुन्छ' उनले भनिन् ।

उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी भएको बताइन् । 'जो जसले दलहरूबाट जितेर आउनु भएको छ उहाँहरूको प्रधानमन्त्रीमा दाबी स्वभाविक हो । सबैले भन्दै आउनुभएको छ,' उनले भनिन् ।

प्रकाशित : पुस ३, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×