कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उधौली पर्व मनाइँदै

काठमाडौँ — प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किरात समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।

उधौली पर्व मनाइँदै

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो, जाँडरक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरू बताउँछन् ।

प्रकाशित : मंसिर २२, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?